Coop-Logo-New1 श्री नमुना कृषक बहुमुखी सहकारी संस्था लि.,मनहरी गाउँपालिका -३,गैरिचोक,मकवानपुर
स्थापना २०५५/१२/२२
ऋण लगानीको योजनाहरु

श्री नमुना कृषक बहुमुखी सहकारी संस्था लि.को पेजमा यहाँहरुलाई हार्दिक स्वागत छ

ऋण लगानीको योजनाहरु

१.ऋणका प्रकारहरु
 व्यावसायिक/कृषि ऋण : उधोग,व्यापार–व्यावसाय संचालन तथा विस्तार र कृषि कार्यमा प्रयोग हुने ऋण ।
 आपतकालिन ऋण : विरामी,आगलागि,दैवि प्रकोपमा राहतको लागि प्रयोग हुने ऋण ।
 आवास ऋण :घर जग्गा खरिद,निर्माण तथा मर्मत कार्यमा प्रयोग हुने ऋण ।
 सामान खरिद : घरायसि/व्यक्तिगत प्रयोगमा आउने सामानहरु(साईकल,मोटरसाइकल,टि.भि.,फ्रिज,कम्प्युटर) खरिदमा प्रयोग हुने ऋण ।
 सामाजिक ऋण : सामाजिक तथा संस्कृतिक कार्य (विवाह,व्रतवन्ध) जस्ता कायमा प्रयोग हुने ऋण ।
 शिक्षा आर्जनका लागि ऋण :स्वदेशी तथा बैदेशिक शिक्षा आर्जन
(फजुल खर्च हुने विषयमा ऋण लानि गर्न संस्था बाध्य हुने छैन) ।

२.सदस्यले चल/अचल सम्पतीको धितोमा ऋण माग गर्दा पेश गर्नुपर्ने कागजातहरु ।
 फर्मेट अनुसारको निवेदन ।
 सक्कल लालपुर्जा र प्रतिलिपि १ प्रती ।
 हालसालै तिरो तिरेको रसिद ।
 नागरिकताको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रती ।
 धितो राख्ने जग्गाको चौहद्धि प्रमाणित ।
 असिंयारहरु सवैको मञ्जुरीनामा तथा नागरिकताको प्रतिलिपि १/१ प्रती
 सेयर धनिको एकाघरको धितो आएमा निजको मञ्जुरीनामा सहित नाता प्रमाणित सम्वन्धि कागज ।
 मासिक/वार्षिक आधिकारीक आम्दानि प्रमाणित ।
 जग्गाको ट्रेस,ब्लु प्रिन्ट प्रमाणित ।
 सक्कल शेयर धनि प्रमाणपत्र
 उपरोक्त कागजपत्र तयार गरि फाइलिङ्ग गरेर पेश गर्नु पर्नेछ ।

३.सदस्यले बचत तथा शेयरको आधारमा विना धितो ऋण माग गर्दा पेश गर्नुपर्ने काजगातहरु
 फर्मेट अनुसारको निवेदन ।
 लाल पुर्जाको प्रतिलिपि १ प्रती ।
 ऋण माग गर्ने सदस्यको नागरिकताको प्रतिलिपि प्रती ।
 पारिवारिक मञ्जुरीनामा
 जमानि बस्नेको हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रतीे र नागरिकताको प्रतिलिपि प्रती ।
 मासिक/वार्षिक आधिकारीक आम्दानि प्रमाणित ।
 हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रती ।
 सक्कल शेयर धनि प्रमाणपत्र
 उपरोक्त कागजपत्र तयार गरि फाइलिङ्ग गरेर पेश गर्नु पर्नेछ ।

४.ऋणको ब्याजदर :
बचत तथा ऋणमा लिने ब्याजदर संस्थाले समय समयमा तोकेअनुसार हुनेछ ।
हालको लागि सबै ऋणको व्याजदर १४ प्रतिशत रहेको छ ।

५. विलम्ब शुल्क :
सदस्यले संस्थाबाट लिएको ऋणको साावा र व्याज तोकिएको अवधिमा नै तोकिए वमोजिम भुक्तानी गर्नुपर्नेछ । अन्यथा भाका नाघेको साँवाको दिन गनेर वार्षिक १ प्रतिशतका दरले विलम्व शुल्क लाग्नेछ ।

६.ऋण अवधि :– सदस्यलाई देहायको अवधिभिक्र मासिक/त्रैमासिक किस्तावन्दिमा ऋण चुत्ता गर्ने गरी ऋण लगानि हुनेछ ।

क) सदस्यको आफ्नै वचत तथा शेयर धितो राखी लगानी गरिने ऋण
 रु २०००० सम्म्को ऋण १८ महिना(मासिक/त्रैमासिक किस्ता) को दरले
 रु.२०००० दाखि ५०००० सम्म ३६ महिना(मासिक/त्रैमासिक किस्ता) को दरले
 त्यस भन्दा माथि ४८ महिना(मासिक/त्रैमासिक किस्ता) को दरले

ख) अन्य चल अचल सम्पति धितो राखि लगानी गरिने ऋण
 रु.५०००० सम्म १८ महिना(मासिक/त्रैमासिक किस्ता) को दरले
 रु.५०००० दाखि १००००० सम्म ३६ महिना(मासिक/त्रैमासिक किस्ता) को दरले
 रु.१००००० भन्दा माथि - महिना(मासिक/त्रैमासिक किस्ता) को दरले

(नियमित रुपमा साँवा व्याज नवुझाई भाखा नाघेमा नियमअनुसार अतिरिक्त शुल्क लाग्नेछ र सबै ऋणमा बढिमा ६ महिना सम्मको ग्रेस पिरियड रहनेछ)

७.ऋण सिमाङ्कन :–
संस्थाको वचत रकमलाइ दृष्टिगत गरि हाललाई निम्नानुसारको रकममा नबढ्नेगरि ऋण प्रवाह गरिने छ ।
 आपतकालिन ऋण : रु.१०००० सम्म
 अन्य सवै प्रकारका ऋण : रु.१००००० सम्म
 धितो ऋण : रु.१०००००० सम्म